बहुउद्देश्यीय संघका साधारण सभा रोक्न अन्तरिम आदेश

0
Shares

न्युज अफ नेपाल, ललितपुर ।

जिल्ला अदालत ललितपुरले नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको ९औ साधारण सभा स्थगित गर्न आदेश दिएको छ । संघका सचिव माधवप्रसाद तिमल्सिनाले उपाध्यक्ष र केही पदाधिकारीह को बैठकले गरेको निर्णयको हवाला दिँदै २९ गते साधारण सभा गर्ने घोषणा गरेका थिए ।

उनले बुधबार बिहान पत्रकार सम्मेलन आयोजना गरी साधारण सभा गर्ने बताउनुभएको थियो । संघको नियम विपरीत साधारण सभा आयोजना गर्न लागेपछि जिल्ला अदालतले सो साधारण सभा हाललाई नगर्नु नगराउनु र यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो ।

सो आदेशपछि सचिव तिमल्सिना लगायतको समूहले गर्ने साधारण सभा स्थगित भएको छ । न्यायधिश चुरामन खड्काको एकल इजलासले साधारण सभामा २८ वटा थप संस्थालाई सहभागी गराउने सम्बन्धमा त्यसरी थप सदस्यता प्रदान गर्नबाट  रोक लगाउने लगायतका विषयहरू उल्लेख गरी सहकारी विभागमा  उजुरी परी त्यसको निर्णय नभएको अवस्थामा र सदस्य सङ्ख्या नै  विवादित भएको अवस्थामा  सो साधारण सभा गर्नु उचित नदेखिएको आदेशमा उल्लेख छ ।

सो आदेशमा भनिएको छ–कोभिड सङ्क्रमण तीव्र गतिमा फैलिएको अवस्थालाई दृष्टिगत गरी अर्को सूचना नभएसम्म २५ जना भन्दा बढी भेला गर्न समेत रोक लगाएको अवस्थामा संघको साधारण सभा हाललाई नगर्न आदेश दिएको छ ।

संघका अध्यक्ष भण्डारीले सदस्यताको विषयमा टुंगो लगाउन बाकी रहेको र  र कोभिड महामारीको अवस्थामा साधारण सभा गर्न उचित नभएको जानकारी गराउँदै सूचना जारी गरेको अवस्थामा  एकपक्षीय रूपमा साधारण सभा गर्न लागेपछि अदालतले अन्तरिम आदेश दिएको उल्लेख गर्नुभयो ।

विभागमा उजुरीको किनारा लाग्न बाकी रहेकै अवस्थामा  सचिव तिमल्सिनाले अन्य पदाधिकारीको हवाला दिएर सभा गर्न लागि  परेका थिए ।  संघले उपाध्यक्ष नारायणभक्त श्रेष्ठ समेतलाई विपक्षी बनाएर मुद्दा दायर गराएको थियो । उपाध्यक्ष सहितको बहुमत भनिएका सदस्यले अध्यक्षको स्वीकृत विना  लोगो, ब्यानर प्रयोग गरेको आरोप लागेको छ ।