आजको मौसम : यस्तो छ पूर्वानुमान



न्युज अफ नेपाल, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागले प्रदेश १, प्रदेश २ लगायत पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको जनाएको छ । देशका अन्य बाँकी स्थानहरूमा भने आंशिक बदली रहेको छ ।

आज दिउँसोको मौसम पूर्वानुमान गर्दै विभागले सुदूर पश्चिम प्रदेशमा आंशिक बदली रहने जनाएको छ । बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्