कांग्रेसको जिल्ला अधिवेशन अनिश्चित



काठमाडौं, (नेस) ।

कोरना संक्रमण दर बढ्न थालेसँगै नेपाली कांग्रेसले माघ १५ गर्ने भनिएको १६ वटा जिल्लाको अधिवेशन फेरि अनिश्चित बनेको छ । कांग्रेसले सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर गरी १६ वटा जिल्लामा अधिवेशन गर्न बाँकी छ ।

महाधिवेशनअघि नै तल्लो तहको अधिवेशन गरिसक्नुपर्ने भए पनि सत्ताधारी दल कांग्रेसभित्रको आन्तरिक विवादका कारण यी १६ जिल्लामा अधिवेशन हुन सकेको थिएन । यसअघि पुस २७ गते गर्ने भनी तय भएको जिल्ला अधिवेशन माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको १९ पदका लागि हुने निर्वाचनलाई देखाएर माघ १५ गते सारिएको थियो ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिएअनुसार कोरोना संक्रमणदर बढ्दै गएकाले माघ १५ गते तय गरिएको जिल्ला अधिवेशन के हुन्छ भनेर अहिले भन्न सक्ने अवस्था रहेन ।

कोरोना संक्रमण दर बढ्न थालेपछि सरकारले अहिले २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्देशन जारी गरेको छ । मंगलबार मात्र एकैदिन २ हजार ४ सय ४४ जनामा कोरना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्