दिल्लीमा एकै दिन २१ हजार कोरोना संक्रमित, २३ जनाको मृत्यु



दिल्ली । 

भारतको दिल्लीमा पछिल्लो २४ घण्टामा २१ हजार २५९ जनामा कोरोना संक्रमण देखिएको छ । दिल्ली सरकारको तर्फबाट जारी गरिएको बुलेटिनमा सो समयमा २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाइएको छ ।

दिल्लीमा कूल सक्रिय संक्रमितको संख्या ७४ हजार ८८१ रहेको छ । पोजेटिभिटी दर पनि बढेर २५.६५ पुगेको छ । भारतमा मंगलबार १ लाख ६८ हजार भन्दा धेरैलाई कोरोना संक्रमण भएको थियो भने २७७ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्