नेपाली सेनाका १६ जना प्रमुख सेनानीको सरुवा 



न्युज अफ नेपाल, काठमाडौं । 

नेपाली सेनाका १६ जना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल)को सरुवा भएको छ । सैनिक मुख्यालयले पुस २५ गतेदेखि लागू हुने गरी ठूलो संख्यामा प्रमुख सेनानीको सरुवा गरेको हो ।

स्रोतका अनुसार  नकुल थापाको राष्ट्रपतिको सचिवालयमा, अरुण श्रेष्ठको उपत्यका पृतना तालिम शिक्षालयमा, सुशील प्याकुरेलको नं. ५ बाहिनी अड्डामा सरुवा गरिएको छ । त्यस्तै विमल केसीको राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय, वासुशरण खड्काको सैनिक कमान्ड तथा स्टाफ कलेज, अनिल महतको राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा सरुवा गरिएको छ ।

त्यसै गरी प्रमुख सेनानीहरू वीरेन्द्र मल्ल ठकुरीको नं. १ वाहिनी अड्डा, भीमसेन अधिकारीको नं. १५ बाहिनी अड्डा, डम्बर बहादुर बोहराको मध्य पृतना तालिम शिक्षालय, झविन्द्र बहादुर रेश्मी मगरको सैनिक तालिम महानिर्देशनालय, वासुदेव धिमालको रक्षा समन्वय कार्यालयमा सरुवा भएको जनाइएको छ ।

त्यसै गरी मीनराज तिवारीको सैनिक सचिव विभागमा, महेश्वर कार्कीको पश्चिम कमान्ड हेडक्वार्टर, उत्तम सापकोटाको नेपाली सैनिक ब्याटल स्कुल, ज्योति कुमारी थापाको सैनिक सामग्री प्राप्ति निर्देशनालयमा, दिनेश गौतमको सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा सरुवा गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्