पृथ्वीनारायण राष्ट्र निर्माणको पहिलो चरणका कर्ता : महामन्त्रीमा थापा



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पृथ्वीनारायण शाह निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता भएको बताएका छन् । थापाले ३००औँ पृथ्वी जन्मजयन्तीको अवसरमा उनलाई सम्झदै त्यस्तो बताएका हुन् ।

‘पृथ्वी नारायण शाहको अभियानको मुख्य उद्देश्य गोर्खा राज्यको विस्तार थियो वा नेपाल एकीकरण भन्ने सन्दर्भमा जुन कोणबाट पनि बहस गर्न सकिन्छ। तर,जे गर्न चाहेको भए तापनि त्यो अभियानले आधुनिक राज्यकालागि आवश्यक वृहत्तर भौगोलिक इकाई दिएको कुरा कसैले इन्कार गर्न मिल्दैन।’, महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन् – ‘ किनकी सत्य यही हो, आज हामीसंग नेपालको जुन भौगोलिक इकाइ प्राप्त छ यो पृथ्वीनारायण शाहको अभियानको परिणाम नै हो।’

उनले राष्ट्र निर्माणका विभिन्न चरण हुने बताउँदै पहिलो चरण भौगोलिक एकीकरण नै भएको उल्लेख गरेका छन् । ‘भौगोलिक एकीकरण पश्चात प्रजातान्त्रिक अधिकारहरूको विस्तार र समुन्नतिको चरण आउँछन्।’, उनले लेखेका छन् – ‘ यसरी हेर्दा पृथ्वीनारायण शाह निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता हुन।’

प्रतिक्रिया दिनुहोस्