एमाले प्रदेश अधिवेशन सर्‍यो, माघ २८ र २९ गते हुने


न्युज अफ नेपाल, काठमाडौं ।

एमालेको प्रदेश अधिवेशनको मिति सरेको छ । एमालेले आगामी ८ माघमा ३३० प्रदेशमा अधिवेशन हुने कार्यतालिका सार्वजनिक गरेको थियो ।

तर, कोभिड महामारी पुनः फैलिएसँगै एमालेको प्रदेश अधिवेशन पनि प्रभावित बनेको छ । पछिल्लो समय कोरोना संक्रमण तीव्र फैलिरहेको छ । यही बेला एमालेका जिल्ला अधिवेशन चलिरहेको छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।

काठमाडौं, ललितपु र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले सार्वजनिक स्थानमा भेला र समारोहमा रोक लगाउने तयारी गरेसँगै एमालेले प्रदेश अधिवेशनको मिति सारेको हो ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ८ माघमा तय भएको प्रदेश अधिवेशन सरेको जानकारी दिए । ८ माघका लागि तोकिएका एमालेका प्रदेश अधिवेशनहरू २८ र २९ माघका लागि सारिएको उनले बताए ।