आजको मौसम : देशभर आंशिक बदली



न्युज अफ नेपाल, काठमाडौं ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । जसका कारण प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भु-भागहरुमा सामान्य बदली रहेको तथा बाँकी स्थानहरुमा आंशिक बदली रहेको महाशाखाले जनाएको हो ।

आगामी तीन दिनको मौसम पूर्वानुमान गर्दै महाशाखाले दिउँसो देशभर आंशिक बदली रहने जनाएको छ । सुदूरपश्चिम प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

बुधबार प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा मा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहने जनाएको छ । त्यसैगरी बिहीबार देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्