भारतका रक्षामन्त्री सिंहलाई कोरोना संक्रमण


नयाँ दिल्ली ।

भारतका रक्षा मन्त्री राजनाथ सिंहलाई कोरोना संक्रमण भएको छ । सामान्य लक्षण देखिएको र शंका लागेकाले कोरोना परीक्षण गर्दा सोमबार उनलाई संक्रममण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् । संक्रमण पुष्टि भएपछि उनी घरमै आइसोलेसनमा बसेका रक्षा मन्त्रीको सचिवालयले जनाएको छ ।

‘मलाई आज कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ, सामान्य लक्षण पनि देखिएको छ, त्यसैले म अहिले घरमै एकान्तबासमा रहेको छु’, सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन् ।

रक्षा मन्त्री सिंहले हालै आफूसँग सम्पर्कमा रहेकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न र कोरोना परीक्षण गराउन अनुरोध पनि रेका छन् ।