पार्टीका सभा सम्मेलन स्थगित गर्न माधव नेपालको निर्देशन

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका ठूला सभा, सम्मेलन स्थगित गर्न निर्देशन दिएका छन् । सोमबार विज्ञप्ति जारी गर्दै उनले धेरै मानिसहरु सहभागी हुने सभा सम्मेलन स्थगित गर्न निर्देशन दिए ।

उनले आन्तरिक बैठक तथा प्रशिक्षण कार्यक्रममा पनि सकेसम्म वैकल्पिक माध्यम अपनाउन आग्रह गरेका छन् । ने‍ता नेपालले चार बुँदे अनुरोध गर्दै स्वास्थ्य मापदण्ड पालना गर्दै र तोकिएका उमेर समूहकालाई खोप लगाउन आग्रह गरेका छन् ।

अध्यक्ष नेपालले सार्वजनिक स्थलमा अनावश्यक भिडभाड नगर्न र पार्टीका भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा निश्चित नेताहरु मात्र सहभागी गराउन निर्देशन दिएका छन् ।

देशभर कोरोना भाइरस संक्रमण बढेको भन्दै उनले त्यसप्रति सचेत हुनुपर्ने भन्दै पार्टीका कार्यक्रम गर्दा सचेतता अपनाउन आग्रह गरेका छन् ।