१५ माघसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय


न्युज अफ नेपाल, काठमाडौं ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्रालयमा सोमबार भएको छलफलमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको निर्णय अनुसार जाने निर्णय भएको शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बताए ।

उनले भने,‘ सीसीएमसीको सिफारिस कार्यन्वयन गर्ने निर्णय भएको छ । हामी आजै विद्यालय बन्द गर्न सूचना निकाल्ने तयारीमा छौं,। यसअघि कोभिड—१९ को संक्रमण तीब्र बनेपछि आइतबार बसेको सीसीएमसीको बैठकले १५ दिन विद्यालय बन्द गर्ने, २५ जनाभन्दा बढी भिडभाड हुन नदिनेलगायतका सिफारिस सरकारलाई गरेको थियो । सोही सिफारिस बमोजिम शिक्षा मन्त्रालयले स्कुल बन्द गर्ने निर्णय गरेको हो ।