भ्याक्सिन लगाएकै बढी संक्रमित

0
Shares

लन्डन, (एजेन्सी) ।

कोरोना भाइरसबाट बच्नका लागि कोभिड–१९ को भ्याक्सिन लगाएका नै नयाँ भेरिएन्ट ओमिक्रोनको शिकार भएको एक अध्ययनले देखाएको छ । डेनमार्कको स्वास्थ्य मन्त्रालयको एक रिपोर्टले यस्तो देखाएको हो ।

‘यसको ज्यादा डोजले पनि इम्युनिटीमा असर गरिरहेको छ । जसले गर्दा भाइरसको चपेटामा आउने खतरा बढेको छ’, रिपार्टमा भनिएको छ– ‘बढ्दो मामिला ग्लोबल टे«न्डबाट यही देखाइरहेको छ ।’ मन्त्रालयको हालको रिपोर्टअनुसार ओमिक्रोनबाट संक्रमित ९० प्रतिशत बिरामीले पहिले कोरोना भ्याक्सिनका दुई डोज या बुस्टर डोज लगाइसकेका थिए । उक्त देशमा हाल नयाँ भेरियन्टको ४१ हजारभन्दा बढी मामिला देखापरेको छ । जसमा, २९ हजारभन्दा बढीले भ्याक्सिनको दुवै डोज लिइसकेका छन् । जर्मनी र अमेरिकामा पनि यस्तै ट्रेन्ड देखिरहेको जनाइएको छ ।

डेनिस स्वास्थ्य मन्त्रालयको स्टेटन्स सिरम संस्थानको रिपोर्टअनुसार डेनमार्कमा भ्याक्सिन नलगाउने ३५ सय व्यक्तिमा संक्रमित भएको तुलनामा भ्याक्सिन लगाएका ३७ हजारभन्दा बढी ओमिक्रोनबाट संक्रमित भएका छन् । अहिलेसम्म डेनमार्कमा त्यहाँको जनसंख्याको ७८ प्रतिशतले भ्याक्सिन लगाइसकेका छन् । तथ्यांकअनुसार ४१ हजार ओमिक्रन संक्रमितमा आफ्नो भ्याक्सिनेसन सेड्युल पूरा गर्नेमा २९ हजार बिरामी छन् । यस्तै, ७ हजार बिरामीमा बुस्टर डोज लगाइसकेका छन् भने केवल ७ सय ३१ जना ओमिक्रोन संक्रमितले भ्याक्सिनको एक डोज लिएका छन् ।

जर्मनी र अमेरिकामा पनि संक्रमित धेरै
जर्मनीमा पनि डाटाअनुसार ९६ प्रतिशत बिरामीले भ्याक्सिनको दुवै खुराक पूरा भइसकेको छ । साथै यो भेरियन्टबाट पीडित मात्र ४ प्रतिशत यस्ता छन् जसले भ्यााक्सिनको एक डोज पनि लिएका छैनन् । अमेरिकाको सेन्टर्स फोर डिसिज कन्ट्रोलको एक रिपोर्टअनुसार अमेरिकामा ओमिक्रोनबाट संक्रमित भइरहेका ८० प्रतिशत यस्ता छन् जसले कोरोनाविरुद्ध भ्याक्सिन लिइसकेका छन् ।

‘भ्याक्सिनका धेरै डोजले पनि हाम्रो इम्युन सिस्टमलाई थकान दिन सक्छ’, युयोर्क टाइम्समा प्रकाशित भएको एक रिपोर्टमा एक्सपर्टहरुले प्रश्नको जवाफ दिएका छन्– ‘यसका कारण हाम्रो शरीर ओमिक्रोनसँग लड्न असफल हुन सक्छ ।’ यो जवाफ इजरायलमा भ्याक्सिनको चौथो डोजको स्वीकृति मिलेपछि दिइएको थियो ।