एकैदिन थप ९६८ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १४ हजार ९७१ परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकार दिएको छ । यस्तै आज कसैको पनि मृत्यु नभएको पनि मन्त्रालयले जनाएको छ ।