मेगा बैंक र मोको डिजिटल वालेटबीच साझेदारी



काठमाडौं (नेस) ।

मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ्ग सुविधालाई अझ सुदृढ एवम् परिष्कृत गर्ने उद्देश्यले विभिन्न बैंकतथावित्तीय संस्थाहरूको कार्डको लागि साझा केन्द्रको रूपमा कार्य गर्ने मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ ।

यो साझेदारीसँगै मेगा बैंककाखातावालहरूले अब सीधै आफ्नो डेबिट वाक्रेडिट कार्डहरू मोको डिजिटल वालेटमा बिना कुनै मौज्दात, बिना कुनै शुल्क सहज रूपमा लोड गरी मोको डिजिटल वालेटको प्रयोग गर्न सक्नेछन् । मोको डिजिटल वालेटमार्फत प्रयोगकर्ताहरूले आफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरूको कार्ड सहज रुपमा लोड गरी क्यूआर कोड स्क्यान गरी सहजै रकमको भुक्तानी तथा रकमान्तर गर्न सक्नेछन् ।

यस सुविधामार्फत ग्राहकहरूले हरेक कारोबारको लागिपटक–पटक मौज्दात लोड गर्नुनपर्ने हुँदा ग्राहकलाई रकमको भुक्तानी तथा रकमान्तर गर्न अझ सहज हुने विश्वास लिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताउनुभयो । सिइओ खुञ्जेलीका अनुसार, अबमेगा बैंक नेपाल लिमिटेडका ग्राहकले मोको डिजिटल वालेटका नवीनतम सेवाहरुको फाइदा उठाउन सक्नेछन् । मोकोसँग सहकार्य गरी ग्राहकवर्गलाई नवीनतम सेवा दिन पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्