लमजुङ कक्ष भाडामा दिने तयारी



काठमाडौं, (नेस) ।

संग्रहालयको लमजुङ कक्ष भाडामा दिने तयारी भएको छ । नेपाल समाचारपत्रले गएको मंसिरमा लमजुङ कक्ष भाडामा दिने तयारी गरेको विषयमा समाचार प्रकाशित गरेको थियो । त्यस बेला विकास समिति गठनपछि कार्यकारी निर्देशक नियुक्ति गरी सो कक्ष भाडामा दिने तयारी थियो । अहिले रेस्टुरेन्ट सञ्चालन भएपछि लमजुङ कक्षमा रोयल पार्टी गर्न मिल्ने गरी भाडामा दिने तयारी गरेको थियो ।

समितिका कार्यकारी निर्देशक दाहालसहितको टोलीले रेस्टुरेन्ट सञ्चालन भएपछि विवाद भएन भने अन्य क्षेत्र पनि भाडामा दिन मिल्ने गरी सम्झौता गर्ने तयारी थियो । संग्रहालयले फोहरा बगैंचासमेत भाडामा दिने तयारी थालेको थियो । भएका संरचना जोगाउन नसक्ने समितिले मनोमानी रुपमा दरबारको सम्पत्ति भाडामा दिन शुरु गरेको छ ।

अत्याधुनिक सो सदनमा ९० सिट भएको डाइनिङ हल छ । राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रले सोही हलमा विदेशी पाहुनालाई रात्रिभोज दिने व्यवस्था थियो । नेपालका राष्ट्रप्रमुखको हैसियतले राष्ट्रप्रमुखले ड्रिङ्स टोस्ट गरेपछि सो हलमा पार्टी सञ्चालन हुने गरेको थियो ।

‘राति लमजुङ कक्षमा पार्टी गर्न मिल्ने गरी भाडामा दिने तयारी भएको थियो’ –स्रोतले नेपाल समाचापत्रसँग भन्यो । त्यस बेला मन्त्रालयले इतिहास बिगार्ने गरी संग्रहालयको महत्वपूर्ण कक्षलाई भाडामा दिने तयारी भएपछि कर्मचारीले विरोध जनाएका थिए । उनीहरूले संग्रहालयलाई थप व्यवस्थित गर्न छाडेर एउटा होटललाई भाडामा दिने तयारी गर्नु सरकारको गलत नियत देखिएको आरोपसमेत लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्