एमालेले १६ बाहेक सबै जिल्लामा आज अधिवेशन गर्दै



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेले आज जिल्ला कमिटीका लागि अधिवेशन गर्दै छ । अध्यक्ष केपी ओलीले बिहान ११ बजे केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअलरुपमा जिल्ला अधिवेशन उद्घाटन गर्ने भएका छन् ।

१६ जिल्ला बाहेक अरु सबै ६१ जिल्लामा एमालको आज अधिवेशन हुन लागेको हो । अधिवेशन हुन बाँकी रहने जिल्लामा पछि अधिवेशनको मिति तय गरिने बताइएको छ ।

गत मंसिरमा चितवनमा महाधिवेशन गरेर ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी निर्वाचित भएको एमालेले पालिका अधिवेशन पनि एकसाथ सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्