आजको मौसम : दिउँसो देशभर आंशिक बदली



न्युज अफ नेपाल, काठमाडौं ।

हाल कुनै उल्लेखनिय मौसमी प्रणाली नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर मौसम सामान्यतया सफा रहेको छ । उपत्यका र तराईका भूभागमा हुस्सु/कुहिरो लागेको छ।

विभागका अनुसार दिउँसोपख भने देशभर आंशिक बदली रहने भएको छ । भोलि (मंगलबार) भने सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आंशिक बदली रहने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्