सेनाको बंगलादेशी टोली नेपाल भ्रमणमा

0
Shares

काठमाडौं, (नेस) ।

बंगलादेशको डिफेन्स सर्भिसेज कमान्ड तथा स्टाफ कलेज तालिममा सहभागी २९ सदस्सीय टोली आइतबार नेपाल आइपुगेको छ । सो टोली लेफ्टिनेन्ट कर्णेल सइद मोहम्मद नुरुस सालेहिन युसुफको नेतृत्वमा नेपाल आइपुगेको हो ।

उक्त टोलीले यही २३ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जानकारी दिएको छ । भ्रमणका दौडान उक्त टोलीले मध्य कमान्ड हेडक्वार्टर, पोखरा र कमान्ड तथा स्टाफ कलेज, शिवपुरीको भ्रमण गर्ने कार्यतालिका छ भने काठमाडौं तथा पोखरामा अवस्थित विभिन्न सांस्कृतिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ ।

छिमेकी मित्रराष्ट्रका सैनिक अधिकारीहरूको यस्ता भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने तथा दुई देशबीच आपसी हित तथा पारस्परिक सम्बन्धसमेत सुमधुर एवं प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।