अवैध माछा भन्सारमा



हेटौंडा, (नेस) ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छली नेपाल भित्र्याइएका माछा बरामद गरी भन्सार दाखिला गरेको छ । करिब ३७ हजार ५ सय मूल्य बराबरको ५ सय किलो माछा तथा माछा ओसार्न प्रयोग गरिएको बा. ४ च ६०९१ नम्बर पिकअप गाडी बरामद गरिएको हो ।

माछा र गाडीलाई आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको हो । प्रहरीले शुक्रबार राति करिब पौने १२ बजे माछा बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्