किशोर किशोरी झुण्डिएको अवस्थामा मृत भेटिए



न्युज अफ नेपाल, कैलाली ।

कैलालीमा एक किशोर र एक किशोरी मृत भेटिएका छन् । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ का बाँधुराम चौधरीका १९ वर्षीय छोरा मायाराम चौधरी र सोही ठाउँका खुसीराम चौधरीकी १६ वर्षीया छोरी सन्जु चौधरी मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार मायाराम जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन भने सन्जु आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । उनिहरु मृत परेको ठाउँ झण्डै दुई सय मिटर नजिक छ । प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ । दुवैको मृत्यु एक अर्कासँग जोडिएको छ वा छैन भन्नेबारे पनि अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्