नेपाली चलचित्रमा राम्रो–नराम्रो पक्ष र परिवर्तन



संसारका हरेक कुरामा राम्रा पक्ष र नराम्रा पक्ष दुवै हुन्छन् । त्यसै गरी नेपालको चलचित्रमा पनि राम्रो पक्ष र नराम्रो पक्ष दुवै छन् । राम्रो पक्ष भन्नाले सिनेमाकर्मीहरु मेहनतमा विश्वास गर्ने गर्दछन् । सीधा भन्दा चलचित्र बनाउने पैसा कमाउने हो । यिनीहरुलाई धुर्त बिचौलिया, अल्लारे हनुमान, पहलमान नेताहरुले जस्तो रवैया मन पर्दैन । शायद यही कारणले होला नेपालजस्तो सानो मुलुकमा पनि चलचित्रको विकास भएको छ । खाली स्तरीय शिक्षाप्रद चलचित्रको उति विकास हुन सकिराखेको छैन । यसको खास कारण स्तरीय पटकथाको खोजी गर्न नसक्नु र नचाहनु हो । यसबाहेक चलचित्र सिध्याउन हतार गर्नु हो । बाँकी निर्देशन, अभिनय, ड्रेसअप, गाना, द्वन्द्व, छायाङ्कन आदि जस्ताका लागि कुरा काट्नुपर्ने कुनै ठाउँ छैन । तर समयको कुरा हो, बिस्तारै चलचित्रबाट समाजमा शिक्षा पनि हासिल हुँदै जानेछ । दर्शकहरु मात्रै सकारात्मक हुनु आवश्यक छ ।

एक समयको कुरा हो । आमा, परालको आगो, रातको प्रथम प्रहर, मुनामदन, वासुदेवजस्ता नाटक र सेल्युलाइड चलचित्रहरुले राजधानी हल्लाएको थियो । र, यो सबैले अनुभव गरेका कुरा हुन् । यी नाटकहरु तथा चलचित्रहरु खासै ठूलो बजेटमा बनेका थिएनन् । थोरै रकममा यी नाटक र चलचित्र बनेका थिए । तर सन्तोषजनक आम्दानी भएको थियो । भनाइको मतलब के भने, धेरै ठूलो बजेटमा मात्र चलचित्र बनाएर लाभ उठाउन सकिन्छ भन्ने कुरामा कुनै ग्यारेन्टी छैन । त्यसकारण निर्माता, निर्देशकहरुले राम्रो पटकथा र चलचित्रको नामकरण छान्न सक्नुपर्दछ, जसले गर्दा चलचित्र राम्रो हुने र यसका लगानीकर्तालाई फाइदा हुने सम्भावना बढी हुन्छ ।

दर्शकले चलचित्र हेर्दा ध्यान दिने नै दुईवटा कुरा हुन्– एक कथावस्तु र अर्को मनोरञ्जन । जसमा शिक्षा, गाना, फाइट आदि हुन्छन् । त्यसैले लगानीकर्ताले यी सब कुरामा ध्यान पु¥याउनु जरुरी छ । यो क्षेत्रमा भाग्य, कडा परिश्रम, कथा, पोस्टरिङ, बोल्ड चलचित्रको टाइटल जस्तै– भोक, रोग, शिक्षा, कालो धन, सेवा, अन्धविश्वास, स्वाभिमान, स्वार्थी, लालच, विश्वासघात, ज्यानमारा, कोभिड १९, एम.सी.सी., हनुमान नगरीमा पहलमान नेता आदि चलचित्र आजको समयमा बन्नु जरुरी छ । यसबाहेक जादु, दन्त्यकथा, भूतप्रेत तथा भूतका सन्तान साथै पूरा एक्सन भएको चलचित्र युवापुस्ता तथा केटाकेटीहरुले रुचाउने गर्दछन् ।

आजभोलि समयको मागअनुसार दर्शकहरु फेरिएको हिसाबले चलचित्र लगानीकर्ताहरुले सधैँ एकनासको चलचित्र बनाउन छोडी फरक–फरक प्रकारले चलचित्र बनाउनु जरुरी छ ।

यो क्षेत्रमा एउटा खट्किएको कुरा के छ भने, अहम् भावनाले भनौँ या अरुको राय–सुझाव मन नपर्ने हुनाले हो, प्रायः निर्देशकहरुले एकोहोरो भएर आफ्नै हिसाबले चलचित्र बनाइराखेका हुन्छन् । यही कारणले गर्दा लेखक, निर्माता, निर्देशक, कलाकारहरुमा नै पनि चलचित्र बनाउने कुरालाई लिएर विवाद भइराखेको हुन्छ । यसले गर्दा रकम र समय खेरजस्ता कारणले सबैलाई हानि पुर्याइराखेको हुन्छ । त्यसकारण सबै पक्ष चलचित्र नसकुन्जेल लचिलो हुनुपर्दछ तर अलि प्राथमिकता चलचित्रको निर्देशकलाई नै दिनु उत्तम कुरा हो । यो क्षेत्रमा पैसा कमाउनु र दर्शकलाई मनोरञ्जन दिनुबाहेक मैले समाजको लागि पनि केही योगदान गर्नुपर्दछ भन्ने हेतुले चलचित्र बनाएको खण्डमा बेस हुन आउँछ । यो चलचित्र क्षेत्र यस्तो ठाउँ हो, जहाँ चलचित्रकर्मीको संगठन बलियो नुहुनु अनि राजनीतिमा जस्तो कलह गर्नु, ठूलोले सानोलाई हेप्नु आदि कुरा हुने गर्दछन् । यो भनेको चुलेसीमा लात हिर्काउनुसरह हो । यस्ता कुराहरुमा ध्यान दिनाले नै आफ्नो मिसन पूरा हुँदै जाने हो ।

यो लाइनमा पनि रोग–भोकले गर्दा सिनेकर्मीहरुको जीवनमा भोलि के हुने हो, कसैलाई थाहा छैन । त्यसकारण यहाँ सिनेमा फन्ड अर्थात् रकम कोष खडा गर्नु आवश्यक छ । यसो गर्दा भोलि कुनै समस्या पर्दा सिनेकर्मीहरु रोग–भोकका कारण चिन्तित हुनुपर्दैन । सुनिनमा आउँछ, यहाँ केही यस्ता फन्डहरु पनि छन्, जुन नपुग छ । हाम्रो देशमा प्रायः गाउँ, पहाड तथा पोखराको दृश्य मात्र छायाङ्कन गरिराखेको हुन्छ, केही विदेशका दृश्य पनि हुन्छन् । चलचित्रमा यसबाहेक भारतमा पनि कतिपय राम्रा दृश्यहरु छन्, जस्तै– हिल स्टेसनको कुरा गर्ने हो भने सिमला, नैनिताल, मंसुरी, सिक्किम आदि । त्यसै गरी मध्यभाग र साउथ इन्डियामा चण्डिगढ, जयपुर, गोवा, केरला आदि ठाउँहरु चलचित्र छायाङ्कनका लागि योग्य छन् ।

भारतका कलाकर्मीहरु नेपालमा बराबर छायाङ्कन गर्न आउँछन् भने यहाँका सिनेकर्मीहरु ती ठाउँहरुमा गएर किन सुटिङ नगर्ने ? यसमा अर्को फाइदा के छ भने, टाढा विदेशमा छायाङ्कन गर्नुभन्दा यहाँ चलचित्र छायाङ्कन गर्दा आर्थिक हिसाबले फाइदा हुन्छ ।

अन्त्यमा समग्रमा भन्नुपर्दा नेपालमा हरेक क्षेत्रमा विकास भइराखेको छ, जसमा चलचित्र पनि आउँछ तर सब क्षेत्रमा अधुरो विकास छ । यसलाई पूरा गर्नु सबै पक्षको दायित्व हो । अहिलेको जल्दोबल्दो विवादित कुरा भनेको एम.सी.सी. हो । यो प्रोजेक्ट देशको लागि ठूलो ह्याकुलासरह हो । यसलाई पचाउन सक्यो भने देशको कायापलट हुन्छ । तर यदि यो माछाको आहाराजस्तै हुने हो भने निल्नु न ओकल्नुजस्तो हुन्छ । त्यसकारण यसलाई सफल गर्ने हो भने बुद्धिजीवी तथा जनमतको आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्