पुँजी बजारले छरिएर रहेको पैसालाई समेट्ने



विराटनगर, (नेस) ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रम विराटनगरमा आयोजना गरेको छ । नेपाल मर्चेन्ट बैंकर्स एसोसिएसनको सहकार्यमा आयोजित सो कार्यक्रम प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेशका मुख्यमन्त्री राईले पुँजी बजारले छरिएर रहेको पैसालाई समेट्ने र त्यसले व्यवसाय र अर्थतन्त्र विकासमा सहयोग हुने हुँदा पुँजीबजारविरुद्धमा सरकार नरहेको बताउनुभयो ।

त्यस्तै नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पुँजीबजारको विस्तार बृहत् रूपले भइरहेको बताउनुभयो । बजार विस्तारको तुलनामा धितोपत्र नियमनको आवश्यताअनुसार हुन बाँकी रहेको हुँदा त्यसका लागि बोर्डले पँर्वाधार निर्माण गरिरहेको उहाँले जानकारी दिनुभयो ।

‘सँचीकृत कम्पनीमा ९० प्रतिशत कम्पनी बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु हुँदा राष्ट्र बैंकले ल्याउने नीतिगत प्रभाव पर्दा त्यो लगानीमैत्री नभएको महशुस हुन्छ । बजारमैत्री नीतिगत सहजीकरण गर्न बोर्डले सम्बन्धित सबै निकायहरुमा समन्यव गरिरहेको छ,’ गिरीले भन्नुभयो । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पुँजीबजारको विकास र विस्तारमा सघाउन मन्त्रालय सदैव तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्