चौधरी फाउन्डेसनले इमरजेन्सी वार्ड स्तरोन्नती गर्ने



काठमाडौं (नेस) ।

चौधरी फाउन्डेसनले कान्तिबाल अस्पतालमा इमरजेन्सी वार्डको स्तरोन्नती गर्ने भएको छ । फाउन्डेसन र अस्पतालका बीचमा भएको सम्झौताअनुसार फाउन्डेसनले भवनको स्तरोन्नती गरी हालको १२ शैयालाई विस्तार गरी २५ शैयाको इमरजेन्सी वार्ड निर्माण गर्ने भएको हो । चौधरी फाउन्डेसन चौधरी ग्रुपको सामाजिक गतिविधिमा सक्रिय इकाई हो ।

अस्पतालमा आयोजित एक कार्यक्रमका बीच फाउन्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी तथा अस्पतालका तर्फबाट निर्देशक प्राडा अजित रायमाझीले समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको छ ।

‘हाम्रा बालबालिकाको भविष्य सुनिश्चित गर्नु हाम्रो कर्तव्य हो । ’ चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले भन्नुभयो–‘त्यसैले हामीले बालबालिकाको स्वास्थ्य र शिक्षामा विशेष ध्यान दिनुपर्छ । अध्यक्ष चौधरीले दँर–दराजसम्मका सर्वसाधरण र निम्न आर्थिकस्तर भएका नागरिकका सन्ततीले पनि सर्वसुभल र गुणस्तरीय उपचार सेवा पाउन भन्ने ध्येयले आफँहरुले कान्तिबाल अस्पताललाई सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले मुलुककै जेठो बाल अस्पतालको पँर्वाधार निर्माणमा सहयोग गर्न पाउँदा आफँलाई सन्तोष लागेको बताउनुभयो । ‘हामीले यो वार्ड यथाशीघ्र निर्माण सम्पन्न सक्छौं’, उपाध्यक्ष चौधरीलेले भन्नुभयो–‘आउँदा दिनमा पनि अस्पतालको आवश्यकता बमोजिम थप सहयोग गर्नेछौं । ’अस्पतालका तर्फबाट बोल्दै निर्देशक प्राडा रायमाझीले चौधरी फाउण्डेसनले गरेको सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले चौधरी फाउन्डेसनबाट आगामी दिनमा पनि निरन्तर सहयोग पाउनेमा विश्वस्त रहेको बताउनुभयो ।

कान्तिबाल अस्पतालका अतिरिक्त फाउन्डेसनले सोलुखुम्बु जिल्लाको नाम्चे स्थित माउन्टेन मेडिकल इन्सिच्युटलाई सहयोग गर्ने भएको छ । चौधरी फाउण्डेसनले स्वास्थ्य क्षेत्रमा देशैभरि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । कोभिड महामारीकाबीच गत जेठमा युनिफाइड कोभिड अस्पताल (वीर अस्पताल) मा आइसियु वार्ड तथा धनगढी तथा सुर्खेतमा अक्सिजन प्लान्ट निर्माण सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्