प्रमुख राजनीतिक पार्टीहरुलाई माओवादीको निम्ता



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा माओवादी केन्द्रको आजदेखि राष्ट्रिय सम्मेलन काठमाडौंमा शूरु हुँदैछ । माओवादीले उक्त राष्ट्रिय सम्मेलनलाई आठौं राष्ट्रिय महाधिवेशनमा रुपान्तरण पनि गरेको छ ।

आज हुने उद्घाटन सत्रमा प्रमुख राजनीतिक पार्टीहरुलाई निम्ता गरिएको छ । माओवादीले बिभिन्न एक दर्जन बढी राजनीतिक दलका नेताहरुलाई दिउँसो प्रज्ञा भवन कमलादीमा आमन्त्रण गरेको हो ।

माओवादीले राष्ट्रिय सम्मेलनमा विदेशी पाहुनाहरुलाई भने नबोलाउने निर्णय यसअघि नै गरीसकेको थियो । माओको १२९ औं जन्मजयन्तीको अवसर पारेर माओवादी केन्द्रले राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । उद्घाटन सत्र दिउँसो ३ बजेबाट सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्