माओवादी स्थायी समिति बैठक बस्दै


न्युज अफ नेपाल, काठमाडौं ।

आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ ।

बैठक अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । शुक्रबार बिहान बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन पेश भएको थियो ।

बैठकमा अध्यक्ष दाहालको प्रतिवेदन र पार्टी केन्द्रले मनोनित गर्ने प्रतिनिधिका बारेमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।