पार्टीको पक्षमा लहर सिर्जना हुँदैछ : राप्रपा नेता लावती



पाँचथर ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले उर्जाशील युवा नेतृत्वको बलमा राप्रपा भरपर्दो विकल्पको रुपमा जनतामाझ स्थापित हुने बताएका छन् ।

‘राप्रपाले नयाँ युवा नेतृत्व प्राप्त गरे लगत्तै पार्टीको पक्षमा लहर सिर्जना भएको छ । बास्तवमा राप्रपा चर्चाको केन्द्रबिन्दूमा छ । नयाँ राप्रपाले केही गर्छ भन्ने जनअपेक्षा छ । यही लहर र उर्जाको बलमा राप्रपा जनतमाझ स्थापित हुनेछ,’ राप्रपाका केन्द्रीय सदस्य लावतीले भने ।

‘दुई सय वर्षभन्दा बढी समय सम्पन्न प्रजातान्त्रिक अभ्यासले सम्वर्द्धनवाद उत्कृष्ट राजनीतिक दर्शन रहेको स्थापित गरेको छ,’ कुम्मायक गाउँपालिका स्तरीय भेलालाई सम्बोधन गर्दै उनले भने, -‘अठारौं शताब्दीको अन्त्यतिर फ्रान्स र बेलायतमा बिजारोपण भएको यो दर्शन मूलतः राजसंस्था, धर्म, संसदीय प्रजातन्त्र र नीजि सम्पत्तिको सम्वद्र्धन, प्रवद्र्धनमा आधारित छ । विश्वका उन्नत प्रजातन्त्र, समृद्ध, समावेशी समाजहरु राजा सहितको प्रजातन्त्र अनुकूल व्यवस्थामा अभ्यस्त छ ।’

आन्तरिक प्रतिस्पर्धा महाधिवेशनसँगै अन्त्य भएको बताउँदै लावतीले एक ढिक्का भएर जनसम्पर्क र जनपरीचालनमा अग्रसर हुनु पर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्