बंगलादेशमा डुङ्गामा आगलागी हुँदा २७ जनाको मृत्यु, १०० जना घाइते



काठमाडौं ।

बंगलादेशको राजधानी ढाकाबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको झलोकाटी जिल्लाको एउटा नदीमा शुक्रबार बिहान (फेरी) डुङ्गामा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । समाचारमा जनाइएअनुसार अन्य १०० जना घाइते भएका छन् ।

ढाकाबाट दक्षिणी बंगलादेशको बरगुना जिल्लामा करिब १,००० मानिस बोकेको उक्त डुङ्गामा आगलागी भएको झलोकाटी जिल्लाका अधिकारी मोहम्मद नजमुल आलमले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्