माओवादीको प्रदेश–१ मा नेम्वाङ विजयी



विराटनगर ।

नेकपामा ओवादी केन्द्र प्रदेश–१ कमिटिको अध्यक्षमा भारी मतका साथ हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ विजयी हुनुभएको छ । अध्यक्षमा मिक्सोले १ सय ६९ मत ल्याउँदा अर्का प्रत्यासी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याउनुभएको थियो ।

जसमा ७ मत बदर भएको थियो । तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङ, देवान चाम्लिङ र शिवकुमार डाँगी विजयी भएका छन् । सचिवमा गणेश उप्रेती ‘सुशील’ विजयी बन्नुभयो । यस्तै, ३ जना सहसचिवमा कुमारी राई, सागर किराँती र ऋषिराम ढुंगाना विजयी हुनुभएको छ । कोषाध्यक्षमा रेवतराज पुरी ‘गगन’ विजयी हुनुभएको छ ।

९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २ सय ४० जनाले मतदान गरेका थिए भने २९ जनाको उम्मेदवारी परेको थियो । मतदानप्रक्रियामा १९ जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्