रावावेंशीमा रावा बैंकको २५७औं शाखा



काठमाडौं, (नेस) ।

राष्ट्रिय वाणिज्य बैंकले खोटाङको रावावेंशी गाउँपालिका–१ हरमटारस्थित २५७औं शाखा कार्यालय रावावेंशी विस्तार गरेको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले मंगलबार उक्त शाखाको उदघाट्न गर्नुभएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आमनागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताउनुभयो । बैंकको हाल ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ सेवा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्