प्राइम बैंकको लाभांश पारित



काठमाडौं, (नेस) ।

प्राइम कमर्सियल बैंकको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई १६ प्रतिशतका दरले हुने २५७ दशमलव ३२ करोड रुपियाँ बराबरको बोनस शेयर तथा चुक्ता पुँजीको ० दशमलव ६३१३ प्रतिशत नगद लाभांश (कर समायोजनार्थसमेत) दिने निर्णय गरेको छ ।

साधारण सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहबाट गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । विष्ट यसअघि पनि बैंकको सञ्चालक हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्