तेस्रो भारत–मध्य एसिया संवादमा विदेशमन्त्री जयशंकरको सम्बोधन



इन्डिया न्युज नेटवर्क्र ।

भारत र मध्य एसियाली देशहरूले आफ्ना द्विपक्षीय सहयोगलाई चार बुँदा–वाणिज्य, क्षमता अभिवृद्धि र सम्पर्कमा केन्द्रित गर्नुपर्ने विदेश मन्त्री जयशंकरको भनाइ रहेको छ । आइतबार तेस्रो भारत–मध्य एसिया संवादको उद्घाटन समारोहमा विदेशमन्त्री एस जयशंकर, उज्वेकिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तानलाई, किर्गिस्तान र काजाकिस्तानका विदेश मन्त्री सहभागी थिए । सबै राज्य भारतसँग द्विपक्षीय सम्बन्धलाई अर्को तहमा लैजान सहमत भएका छन् ।

यस सन्दर्भमा जयशंकरले भनेका छन् – ‘आज हामी प्रत्येकले हाम्रो अर्थतन्त्रको पुनर्निर्माणको परीक्षाको सामना गर्छौं । एसडिजीको हाम्रो खोजी पनि ऊर्जावान हुनुपर्छ । मिलेर हामी यो अझ राम्रोसँग गर्न सक्छौं । भारत तपाईंको स्थीर साझेदार हुनेछ । हामीसँग सहकार्यको राम्रो इतिहास छ । तर, आजको मेरो सन्देश यसलाई अर्को तहमा लैजाने तयारी हो । हाम्रो सम्बन्धहरू अब चार बुँदा वरिपरि केन्द्रित हुनुपर्छः वाणिज्य, क्षमता वृद्धि, जडान र सम्पर्क ।’

बदलिँदो विश्व, आर्थिक र राजनीतिक परिस्थितिका बीच मध्य एसियाली विदेशमन्त्रीहरूसँगको यो भेटवार्ता भएको उनले बताएका छन्।‘कोभिड–१९ महामारीले विश्वव्यापी स्वास्थ्य र विश्वव्यापी अर्थतन्त्रमा ठूलो धक्का दिएको छ । यसले हामीले समाज, कार्यस्थल, आपूर्ति श्रृंखला र शासनको कल्पना गर्ने तरिका परिवर्तन गरेको छ । यसले नयाँ र उदीयमान खतराहरू सामना गर्न विद्यमान बहुपक्षीय संरचनाहरूको अपर्याप्ततालाई पनि प्रकाश पारेको छ । हामीलाई विविध आपूर्ति श्रृंखलाहरू र थप क्षेत्रीय समाधानहरू आवश्यक छ ।’ उनले कोभिड–१९ विरुद्ध लडाइमा भारत आफ्नो संकल्पमा अडिग रहेको बताएका छन् ।

‘हामीले ताजिकिस्तान र उज्वेकिस्तान लगायत ९० भन्दा बढी देशमा खोपहरू आपूर्ति गरेका छौं । हामीले हाम्रा मैत्री साझेदारहरूको खोप कार्यक्रमलाई सहयोग गर्न कोविन मञ्च पनि प्रस्ताव गरेका छौं । दोस्रो कोभिड लहरको समयमा अन्तर्राष्ट्रिय समुदायले हामीलाई प्रदान गरेको समर्थनको गहिरो कदर गर्दछौं ।’

महामारीको प्रभावका बाबजुद पनि भारत र मध्य एसियाबीचको द्विपक्षीय सम्बन्धको बललाई श्रेय दिँदै उनले भने, ‘हाम्रा देशहरूले हाम्रो सम्बन्धको गतिलाई कायम राखेका छन् ।’उनले भारत र मध्य एसियाली मुलुकसँग गहिरो ऐतिहासिक र सभ्यताको सम्बन्ध रहेको बताउँदै भूपरिवेष्ठित देश अफगानिस्तानको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । ‘त्यस देशमा हाम्रा चासो र उद्देश्यहरू समान छन्ः एक साँच्चै समावेशी र प्रतिनिधि सरकार, आतंकवाद र लागूपदार्थको ओसारपसार विरुद्ध लडाइँ, निर्वाध मानवीय सहायता सुनिश्चितता र महिला, बालबालिका र अल्पसंख्यकहरूको अधिकारको संरक्षण । हामीले अफगानिस्तानका जनतालाई मद्दत गर्ने तरिकाहरू खोज्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्