बास्किन रोबिन्सको ठमेल लाउन्ज पार्लर स्थापना



काठमाडौं, (नेस) ।

ज्योति ग्रुपले बास्किन रोबिन्सलाई प्रवद्र्धन गर्न ग्रेभिस फुड प्रालिसँग सहकार्य गरेको छ । बास्किन रोबिन्स नेपालमा १६ वटा रिटेल आउट लेटसहित ११ शहरमा उपलब्ध छ ।

ज्योति समूहले सन् २०१७ मा सन इन्टरनेशनल इन्कर्पोरेट प्रालिसँग एफएमसीजी व्यवसायमा प्रवेश गरेको थियो । यसको वर्षौंदेखि आइसक्रिम व्यवसायमा रहेको छ नेपालभर वितरण च्यानल र कार्यालयहरू द्रुत रूपमा विस्तार गराइरहेको छ। यसबाहेक यस ब्रान्डलाई सफल बनाउन सनसँग आतिथ्य र रिटेल उद्योगमा समर्पित र राम्रो प्रशिक्षित टोली छ ।

हाम्रो भिजन विश्वको मनपर्ने आइसक्रिम ट्रीट ब्रान्ड बन्ने र नेपालमा सबैभन्दा मनपर्ने आइसक्रिम ब्रान्ड बन्ने हो । हाम्रो मूल मूल्य सधैं गुणस्तरीय उत्पादन र उत्कृष्ट सेवाहरू प्रदान गर्न, पसललाई उत्कृष्ट बनाउन, प्रत्येक अतिथिलाई दिनको उत्कृष्ट भागमा ल्याउनु रहेको कम्पनीको भनाइ छ। यसैक्रममा कम्पनीले ठमेल लाउन्ज पार्लर स्थापना गरेको छ । जहाँ बास्किन रोबिन्सका ३१ वटा स्वाद प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्