अस्ताए नाट्य साधक मल्ल

0
Shares

आफ्नो सिंगो जीवन नाट्य क्षेत्रका लागि बिताएका ख्यातिप्राप्त नाट्यसाधक प्रचण्ड मल्ल अब हामीबीच रहेनन् । शरक्रबार दिउँसो राजधानीको मीनभवनस्थित सिभिल अस्पतालमा उपचारका क्रममा ८८ वर्षको उमेरमा उनको निधन भयो ।

लामो समयदेखि दमको रोगी रहेका मल्ललाई केही दिनदेखि श्वासप्रश्वासको समस्या भएपछि निवासमै अक्सिजन र नेबुलाइजर दिई मीनभवनस्थित निवासमै राखिएको थियो। शरक्रबार अचानक स्वास्थ्य समस्या बढेपछि उनलाई बिहानी ११ बजे नजिकैको सिभिल अस्पताल लगिएको थियो भने दिउँसो दुई बजेर १० मिनेटमा उनले अस्पतालमै अन्तिम श्वास फेरेका थिए ।

निधनपछि शरक्रबार नै पशुपतिस्थित आर्यघाटमा उनको अन्तिम संस्कार गरिएको थियो। अन्तिम संस्कारअघि उनको पार्थिव शरीरलाई केही समय आर्यघाटमै राखिएको थियो। जहाँ उनका शुभचिन्तक र कलाकर्मीले उनीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए।

१९९६ सालमा बारा जिल्लाका कलैया, बरेवामा जन्मिएका मल्लले नाटकमा अभिनय गर्नेदेखि लिएर निर्देशन, रंगमञ्चको साजसज्जा, मेकअप, लाइट सेटिङ, नाटक लेखनसम्म गरेर आजीवन नाट्य क्षेत्रको साधना गरेका थिए। त्यसैगरी, नाटकसम्बन्धी विभिन्न अनुसन्धानात्मक पुस्तक तथा नाट्य पुस्कतसमेत लेख्दै उनले आफूलाई बहुआयामिक व्यक्तित्वका रुपमा चिनाएका थिए। महान् नाटककार स्व. बालकृष्ण समका चेलामध्येका एक खास चेला रहेका मल्लले २००९ सालमा नाट्य क्षेत्रमा प्रवेश गरेका थिए ।

उनले स्व. बालकृष्ण समका अधिकांश नाटकको विभिन्न भूमिकामा अभिनय गर्दै समका साथमा समकालीन नाट्यकर्मी तथा दर्शकको मन जितेका थिए। संघर्षशील तथा प्रेरक व्यक्तित्व बनेका मल्लले बालकृष्ण समको लोकप्रिय नाटक अमर सिंहमा अभिनय गरी नाट्य यात्रा शुरु गरेका थिए।

१० वर्षको उमेरमा वीरगञ्जको स्कुलमा पढ्दै गर्दा प्रचण्ड शारीरिकरुपमा कमजोर थिए, बेलाबेला बिरामी भइरहन्थे। त्यसैले, पिताले उनलाई पढ्न कर गरेनन्। त्यति नै बेला भारतबाट रामलीला देखाउने टोली आयो, पछि गएर हिन्दी र उर्दू भाषामा नौटंकी हुन थाल्यो। यो सब हेरेपछि उनमा पनि अभिनयप्रति मोह जाग्यो। त्यसको प्रभावस्वरुप उनी घरमा आफैँ अभिनय गर्न थाले। बुवा र दाइले चाहिँ यो के गरेको भनेर सोधिरहे, तर प्रचण्डले डरले कहिल्यै अभिनय गरेको भनेनन्। त्यसैताका प्रचण्ड परिवारका साथ काठमाडौं आए। काठमाडौं आएपछि उनको संगत नातिकाजी, शिव शंकर, जनार्दन शर्माहरु सँग हुन थाल्यो।

प्रचण्ड बुवा, आमा र दाइहरुको आँखा छलेर उनीहरुसँगै नाटक हेर्न ललितपरर, कीर्तिपरर पुग्न थाले। गाईजात्रा, इन्द्रजात्रा र अन्य पर्वका अवसरमा हुने नाटक हेरेपछि प्रचण्डमा अभिनयको भोक झनै जाग्न थाल्यो, त्यसलाई मेट्न उनी कोठाभित्र एक्लै बसेर अभिनय गरिरहन्थे। उनका बुवा सोध्थे तँ किन कराइरहन्छस्? दाजुले पनि यसरी त भएन, सबैजना पढ्ने तँ मात्रै नपढ्ने? नपढेपछि भोलिपर्सी बुढी छोरा छोरी कसरी पाल्छस्? भनेर कर कर गरिरहन्थे।

तर, जसले जति भन्दा पनि प्रचण्डलाई केही फरक परेन। उनको ठूलो दाजु बालकृष्ण समकहाँ पढाउन जान्थे। एक दिन साइला दाइ सुरेन्द्र मल्लले उनलाई समकहाँ लिएर गए। उनले भाइले पढाइमा ध्यान नदिएको र बिहानदेखि बेलुकासम्म गीत गाइरहने, ठूलो ठूलो स्वरले कराइरहने गरेकोले अभिनय गर्न सक्छ कि भनेर हजुरकहाँ लिएर आएको भनेपछि समले भोलिपल्ट बिहान ९ बजे बोलाए ।

प्रचण्ड भोलिपल्ट बिहान ४ बजे नै समकहाँ पुगे। सम त्यस समयमा नेपाल मण्डल भन्ने संस्था खडा गर्ने तयारीमा थिए। उनले प्रचण्डलाई नाटकको सैद्धान्तिक ज्ञान दिन थाले। यसरी प्रचण्डको नाट्य यात्रा २००९ सालमा शुरु भयो। २०११ सालमा नेपाल मण्डल स्थापना भयो। नेपाल मण्डलबाट समले निर्देशन गरेको नाटक अमर सिंह सिंहदरबारको नाटकघरमा मञ्चन भयो, यस सँगसँगै प्रचण्डको अभिनय यात्रा शुरु भयो। त्यो यात्रा मल्लका लागि सुनौला यात्रा सावित हरन पुग्यो। त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्न परेन । एकपछि अर्को खुट्किला चढ्दै जान सफल भए ।

शुरुमा बालकृष्ण सम, कृष्णप्रसाद रिमाल, गोपीनाथ अर्यालको सहनिर्देशक भएर नाटक निर्देशन गर्न थालेका प्रचण्डले पछि गएर बालकृष्ण सम, भीमनिधि तिवारी, गोपालप्रसाद रिमाल, गोविन्द बहादुर मल्ल ‘गोठाले’, विजयबहादुर मल्ल, हृदयचन्द्र सिंह प्रधान, सत्यमोहन जोशी, श्यामदास वैष्णव, वासु शशी, चुडानाथ भद्मराय, जनार्दन सम, रमेश विकल, अशेष मल्ल, सुन खरेल, शुभरत्न बज्राचार्य, रामशेखर नकर्मी, विश्वराज आचार्य, दामोदर सिलवाल, केदार न्यौपाने, भरतमहर्जनलगायतका दर्जनौं नाटकको निर्देशन आफैँले गरे। नाट्य क्षेत्रको यात्रालाई अगाडि बढाउने क्रममा ७० भन्दा बढी नाटक पनि उनले लेखेका छन् ।

२०२६ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा नाट्य संगीत विभागको नाट्य संगीत प्राविधिकका रुपमा जागिर शुरु गरेका मल्ल २०२६ सालमा सोही विभागमा नाटक तथा रंगमञ्च विशेषज्ञ भए भने २०३० देखि २०५३ सालमा नाट्य प्रमरख रंगमञ्च प्रबन्धक रहे ।

त्यसैगरी, २०५७ सालदेखि २०५९ सालसम्म सोही प्रतिष्ठानको संगीत नाट्य विभागको व्यवस्थापक रहेका मल्ल २०६७ सालमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपति भए। उनी सो प्रतिष्ठानको संस्थापक उपकुलपति हुन्। विभिन्न पत्रपत्रिकामा नाटकसम्बन्धी विभिन्न खोजमूलक तथा ज्ञानमूलक लेखसमेत लेख्दै आएका मल्ल नाट्यक्षेत्रको सेवा गरेबापत इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार (अभिनय), सर्वमान सम्मान, बालकृष्ण सम सम्मान, डबली पुरस्कारका साथमा विभिन्न मान पदवी र पदकबाट पुरस्कृत, सम्मानित एवं विभूषित भएका छन् । स्व. मल्लको पत्नीको नौ वर्षअघि नै निधन भइसकेको छ भने एक छोरी मुनु रहेकी छिन्।