पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना संक्रमण पुष्टि


न्युज अफ नेपाल, काठमाडौ‌ ।

नेपालमा पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ४८३ जनाको पीसीआर परीक्षणमा १५८ र २ हजार ५१४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३१ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २५० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९७ दशमलब ९ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।