क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था सीसीएमसीको बैठकपछि निर्णय हुने


ईश्वरराज ढकाल, काठमाडौं ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएका मुलुकबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित भएको छ ।स्वाथ्य तथा जनासंख्या मन्त्रालयले दिएको सूचनाको आधारमा अध्यागमन विभागले ६७ वटा मुलुकबाट आएकालाई ७ क्वारेन्टाइनमा बस्नुपर्ने सूचना जारी गरेको छ ।

गएको १३ गतको मन्त्री परिषदको बैठकले ९ वटा अफ्रिकन मुलुकबाट नेपाल प्रवेश गर्न रोक लागाइएको थियो । सोही बैठकले ओमिक्रोन संक्रमितको अवस्था विश्लेषण गरी १५–१५ दिनमा सरकालाई प्रतिवेदन बुझाउने र जारी गर्ने र सोही सूचनाको आधारमा विभागले अवस्थाको बारेमा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।स्वाथ्य मन्त्रालयले उपलब्ध गराएको रिपोर्टको आधारमा विभागले शुक्रबारमात्रै सूचना जारी गरी विभिन्न ६७ मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य होटेल क्वारिन्टिनमा बस्नु पर्ने उल्लेख गरेको थियो । तर सरोकारवाला निकायसंग छलफल गर्दा सिसिएमसिको बैठक बसेरमात्र क्यारेन्टिनमा बस्नुपर्ने निर्णय गर्ने सहमति भएपछि हाललाई सूचना स्थगित गरीएको विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले बताउनुभयो ।

सरकारकै निर्णयको आधारमा सूचना जारी गरेका थियौः नारायण भट्टराई महानिर्देश अध्यागमन विभाग

उहाले भन्नुभयो– हामीले हतारमा सूचना सार्वजनिक गरेका होइनौ, स्वाथ्य तथा जनसंख्या मन्त्राललयको रिपोर्टको आधारमा सूचना जारी गरेका थियौ । तर सरोकारवाला मन्त्रालयको निर्देशन पछि हाललाई सो सूचना स्थगित गरेका हौ । विभागले आफ्नो साइटमा सूचना जारी गर्दै उक्त निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको छ । सम्भवत सोमबार बस्ने सिसिएमसिको बैठकले ६७ वटा मुलुकबाट नेपाल आएका सबैले क्वारेन्टिमा बस्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न तयारी गरेको छ ।

निर्णय स्थगित गरिएको बारे कारण नखुलाइए पनि अर्को सूचना नहुँदासम्मका लागि विदेशबाट आउने यात्रुहरूले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने छैन ।जारी भएको सुचनामा ६७ देशबाट आएका यात्रुले आरटी ९पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने छ । नतिजा नेगेटिभ आएपछि पनि ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने र पोजेटिम रिपोर्ट आएमा भने तोकिएको आइसोलेसन केन्द्र वा अस्पताल पठाइने विभागले जनाएको थियो ।