अपडेट: कांग्रेसको खुल्ला केन्द्रीय सदस्यमा शशांकको अग्रता, दोस्रोमा उदय शमशेर


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको मतगणनामा नेता शशांक कोइरालाले अग्रता लिएका छन् । १०० मत गन्दा कोइरालाले ६५ मत ल्याएका छन् । त्यस्तै दोस्रोमा उदश शमशेर राणा र तेस्रोमा रामहरी खतिवडाले मत ल्याएका छन् ।

खुल्ला केन्द्रीय सदस्यको १५ स्थानमा मतगणना भइरहेको छ । खुल्ला सदस्यतर्फको मतगणना भोलि बिहानसम्म सकिने अनुमान गरिएको छ । कांग्रेसमा सभापतिसहित १३ पदाधिकारीको मतमणना सकिइसकेको छ । सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतगाण्ना सकिएको हो ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासीरजनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गतताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ । जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने विधानमा उल्लेख छ ।