महाधिवेशनमा प्राप्त जनमतबाट थप ऊर्जा मिलेको छ: मुख्यमन्त्री शाही


कर्णाली ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्राप्त जनमतबाट आफूलाई सुदृढ र सङ्गठित कांगे्रस निर्माणमा थप ऊर्जा मिलेको बताउनुभएको छ ।

पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा पराजित भएपछि आज एक सन्देश जारी गर्दै उहाँले पार्टीलाई गतिशील बनाउन झन् सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । शुक्रबार सम्पन्न सहमहामन्त्री पदको मतगणनामा मुख्यमन्त्री शाही बद्री पाण्डेसँग २७८ मतले पराजित हुनुभएको थियो ।

सन्देशमा उहाँले निर्वाचन परिणामलाई स्वागत गर्दै विजयी उम्मेदवार पाण्डेलाई बधाई तथा शुभकामना दिनुभएको छ । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाका क्रममा भएको जीत–हारलाई सामान्यरुपमा लिनुपर्ने उहाँको भनाइ छ ।

नेपाली कांगे्रस कर्णाली प्रदेशसभा संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री शाहीले राष्ट्रिय चुनावमा पिछडिएका क्षेत्रका पार्टी कार्यकर्तालाई नेतृत्वदायी भूमिकामा स्थापित गराउने ध्येयमा आफू रहेको उल्लेख गर्नुभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, “म प्रतिको विश्वासलाई जाँतोमा पिल्सिन नदिने कसम खाँदै मेरा जीवनबुटीलाई धोका दिएर बीचैमा छोड्नु मेरो धर्म र नैतिकता होइन ।