इराकमा दुई नेपालीको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

इराकमा आएको अविरल वर्षापछि बाढी आउँदा २ जना नेपालीको मृत्यु भएको छ । कुर्दिस्तान नेपाली समाजका अनुसार बाढीले बगाउँदा शेर्पा र राईको मृत्यु भएको जानकारी दिएकाे छ । उनीहरु कार्यरत कम्पनीमा सहकर्मीहरुले नेपालमा शव पठाउनुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै काम रोकेका थिए ।

कुर्दिस्तान नेपाली समाजका महासचिव विनोद श्रेष्ठले कम्पनीले शवको व्यवस्थापन र उचित क्षतिपूर्ति दिने आश्वासन दिएको बताए ।इराकमा आएको अविरल वर्षापछि बाढी आउँदा अर्विललगायतका क्षेत्रहरुमा ठूलो क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्