देशभर चिसो बढ्यो: हिमाली भूभागमा हिमपातको सम्भावना


न्युज अफ नेपाल, काठमाडौं ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । देशभर चिसाे बढ्दो छ । चिसो बढेपछि सर्वसाधरणको दैनिकी प्रभावित हुन थालेको छ ।

आज (शनिबार) बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति उच्च पहाडी तथा हिमाली क्षेत्रका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आइतबार पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।