भारत, इरान र उज्वेकिस्तानबीच त्रिपक्षीय बैठक



इन्डिया न्युज नेटवर्क ।

मंगलबार भएको दोस्रो त्रिपक्षीय कार्यदल बैठकमा भारत, इरान र उज्वेकिस्तानले दक्षिणपूर्वी इरानमा रहेको चाबहार बन्दरगाहको संयुक्त प्रयोगबारे छलफल गरेका छन् । उक्त बैठकमा भारतीय पक्षले एक प्रस्तुतीकरण प्रस्तुत गरेको थियो जसमा उनले शहीद बेहेस्ती टर्मिनल, चाबहार बन्दरगाहले रूस, ब्राजिल, थाइल्यान्ड, जर्मनी, युक्रेन, ओमान, रोमानिया, बंगलादेश, अस्ट्रेलिया, कुवेत, उज्वेकिस्तान र यूएईलगायतका विभिन्न देशबाट ढुवानी प्राप्त गर्ने गरेको बताएका थिए ।

विदेश मन्त्रालयका अनुसार सन् २०१८ डिसेम्बर महिनाको २४ तारिखदेखि भारतीय कम्पनी, इंडिया पोर्ट्स ग्लोबल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी, इन्डिया पोर्ट्स ग्लोबल चाबहार फ्री जोनले चाबहार सञ्चालनको जिम्मा लिएको थियो । त्यसयता यस बन्दरगाह मा १ सय ६० जहाज, १४ हजार ४ सय २० टीईयु (२० फुटे युनिट) र ३२ लाख टन ढुवानी प्राप्त भएको प्रस्तुतीकरणले जानकारी दिएको छ ।

विदेश मन्त्रालयका अनुसार मंगलबारको बैठकमा सहभागीहरूले चाबहार बन्दरगाहले मानवीय संकटका साथै क्षेत्रीय जडान बृद्धि गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका थिए । उनीहरूले शहीद बेहेस्ती टर्मिनल, चाबहार बन्दरगाहबाट मध्य एसिया र दक्षिण एसियाबीचको आवागमनमा भएको बृद्धिलाई ध्यानमा राख्दै यातायात प्रवर्धनको थप विकासका लागि छलफल गरेका थिए ।

इरानी पक्षको निमन्त्रणामा अर्को वर्ष चाबहारमा उच्चस्तरीय प्रतिनिधिमण्डल पठाउन भारतीय पक्ष सहमत भएको छ । बैठकको संयुक्त अध्यक्षता डा. सञ्जीव रञ्जन, सचिव, बन्दरगाह, जहाज र जलमार्ग, भारत सरकार; डा अली अकबर सफाई, सचिव, उप मन्त्री र प्रबन्ध निर्देशक, बंदरगाह तथा सामुद्रिक संगठन इरान इस्लामिक गणतन्त्र; र श्री अब्दोसमद मुमेनोफ, सचिव, उज्वेकिस्तान गणतन्त्रका यातायात मन्त्रीले गरेका थिए । त्रिपक्षीय कार्यदलको तेस्रो बैठक भारतमा पारस्परिक रूपमा सुविधाजनक मितिमा गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्