गगन र विश्वप्रकाशलाई योगेश भट्टराईको बधाई



काठमाडौं, (नेस) ।

नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएसँगै उनीहरूलाई सामाजिक सञ्जालमा बधाई र शुभकामना दिने क्रम चलिरहेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरूले पनि उनीहरूलाई बधाई दिएका छन् । बिहीबार दिउँसो एमाले सचिव योगेश भट्टराईले गगन र विश्वप्रकाशलाई सामाजिक सञ्जालमार्फत बधाई दिनुभएको छ ।

भट्टराईले सामाजिक सञ्जालमा भट्टराईले लेख्नुभएको छ– ‘मित्रहरू गगन थापा र विश्वप्रकाश शर्मा, नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई र शुभकामना छ ।’ यसअघि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पनि उहाँहरूलाई बधाई दिनुभएको थियो । साथै उहाँले उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का, धनराज गुरुङ पनि बधाई दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्