दुवै मात्रा खोप लगाइसकेकालाई बुस्टर कि अतिरिक्त ?



FILE – In this Wednesday, June 24, 2020 file photo, a volunteer receives an injection at the Chris Hani Baragwanath hospital in Soweto, Johannesburg, as part of Africa’s first participation in a COVID-19 vaccine trial developed at the University of Oxford in Britain in conjunction with the pharmaceutical company AstraZeneca. On Friday, Oct. 23, 2020, AstraZeneca Inc. announced that the Food and Drug Administration is letting it resume testing of its COVID-19 vaccine candidate in the U.S. (Siphiwe Sibeko/Pool via AP)

काठमाडौं ।

सरकारले कोरोना भाइरसविरुद्ध दोस्रो डोज खोप लगाएकालाई बुस्टर अर्थात् अतिरिक्त खोप लगाउने तयारी गरेको छ । ६० वर्षभन्दा माथि उमेर समूहका र दीर्घरोगीलाई खोपको बुस्टर मात्रा लगाउने चर्चा चलिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस्ता प्रकृतिका व्यक्तिलाई बुस्टर मात्रा लगाउने कि अतिरिक्त मात्रा भन्ने विषयमा निर्णय हुन बाँकी रहेको जनाएको छ ।

दुई दिनअघि मात्रै स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हालेका डा. संगीता कौशल मिश्रले कुन मात्रा कसरी र कुन समयमा लगाउने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘खोप सल्लाहकार समितिले कार्यविधि तयार गरिरहेको छ । सो कार्यविधि सार्वजनिक भएपछि मात्रै निर्णय हुनेछ । एक/दुई दिनमै हामी निर्णय गर्नेछौं ।’

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका ७७ मुलुकमा तीव्र गतिमा फैलिरहेको अवस्थामा त्यसबाट जोगिन खोपको अतिरिक्त मात्रा आवश्यक रहेको विश्व स्वास्थ्य संगठनले भनिरहेका बेलामा सरकारले खोपको बुस्टर वा अतिरिक्त मात्रा दिने तयारी गरेको हो ।

हाल नेपालमा ९३ लाख ६५ हजार ९ सय १५ जनाले पूर्ण मात्रा खोप अर्थात् खोपको दुई मात्रा लगाइसकेका छन् । १ करोड १६ लाख २९ हजार ६ सय २१ जनाले भने एक मात्रा मात्रै लगाउन पाएका छन् । सरकारले चैत महिनाभित्र सबै जनसंख्यालाई खोप लगाउने र दोस्रो मात्र लगाइसकेको जनसंख्यालाई बुस्टर कि अतिरिक्त खोप लगाउने विषयमा गृहकार्य शुरु गरेको हो ।

पर्याप्त मात्रामा खोप उपलब्ध भएकाले सरकारले १८ वर्षभन्दा माथि उमेर समूहका जनसंख्यालाई अनिवार्य रूपमा खोप लगाउन अपिल गरिसकेको छ । त्यस्तै, सोमबारबाट १२ वर्षभन्दा कम उमेर समूहका स्कुले बालबालिकालाई विद्यालमै खोप दिने व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले पुस ४ देखि १७ गतेसम्म विद्यालय लक्षित विद्यार्थीलाई खोप दिने कार्यक्रम तय भएको जानकारी गराइसक्नुभएको छ ।

चैतभित्र सबै जनतालाई खोप लगाइसक्ने योजनाका साथ कार्ययोजना अघि बढाइएको मन्त्रालयको भनाइ छ । प्रवक्ता मिश्रले कोभिडविरुद्धको खोप लगाउने अभियानलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिँदै त्यसका लागि आवश्यकताको आधारमा खोपको व्यवस्थापन गरिसकेको बताउनुभयो ।

पछिल्लो तथ्यांकअनुसार १० महिनाको अवधिमा २ करोड मात्रा खोप लगाइएको छ । ओमिक्रोनको संक्रमणबाट जोगिन सबै जनतालाई अनिवार्य रूपमा खोप लगाउने योजनाअनुसार देशैभर अभियान सञ्चालन गरिरहेको मन्त्रालयको भनाइ छ । मन्त्री खतिवडाले आवश्यकताको आधारमा चाहिने मात्रामा खोप आउने क्रममा रहेको अवस्थामा खोपको अभाव नभएको बताइरहनुभएको छ । उहाँले बालबालिका लक्षित अभियानलाई देशभर लागू गर्ने बताउनुभएको छ ।

यसैबीच जर्मन सरकारले कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई करिब ४१ लाख जोड खोप उपलब्ध गराएको छ । जर्मनीका राजदूत डा. स्टेफन रुसेकले बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई लागि मोडर्ना र जोन्सन एन्ड जोन्सन खोप हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्