कांग्रेस अपडेट : गगन थापा जित नजिक,विश्वप्रकाश दोस्रोमा कायमै


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहानदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता लिएका छन् ।

बिहीबार बिहानदेखि जारी मतगणनामा डा.शेखर कोइराला प्यानलका गगनकुमार थापाले फराकिलो अग्रता कायमै राखेका छन्। ३४२० मत गनिसक्दा गगनले २२२७ मत ल्याइसकेका छन्। उनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १३७६ मत ल्याएका छन्।

निर्वाचन समितिका अनुसार ताजा परिणाम यसप्रकार छ:

गगन कुमार थापा २२२७

प्रकाश शरण महत ११२७

प्रदिप पौडेल १०३०

मिनेन्द्र रिजाल ६०३

राजाराम कार्की ७७

विश्व प्रकाश शर्मा १३७६