अपडेट : २५२० मत गनिसक्दा गगन थापाको अग्रता कायमै, विश्वप्रकाश पछ्याउँदै


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहानदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता लिएका छन् । बिहीबार बिहानदेखि जारी मतगणनामा डा.शेखर कोइराला प्यानलका गगनकुमार थापाले फराकिलो अग्रता कायमै राखेका छन्।

२५२० मत गनिसक्दा गगनले १६४८ मत ल्याइसकेका छन्। उनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १०१९ मत ल्याएका छन्।

तेस्रो नम्बरका डा. प्रकाशशरण महतको पक्षमा ८२७ मत खसेको छ। उता शेरबहादुर देउवा प्यानलका प्रदीप पौडेलले ७४६ मत ल्याएका छन्।कोइराला प्यानलका डा. मिनेन्द्र रिजालको पक्षमा ४३६ मत आएको छ। महामन्त्रीमा हार्ने निश्चित भएसँगै उनले रक्षामन्त्रीबाट राजीनामा घोषणा गरेका छन्।

गगन थापा १६४८

विश्वप्रकाश शर्मा १०१९

प्रकाशशरण महत ८२७

प्रदीप पौडेल ७४६

मीनेन्द्र रिजाल ४३६

राजाराम कार्की ६४