अपडेट : २१२० मतगणना सकियो, गगनको अग्रता कायमै


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहानदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता लिएका छन् । बिहीबार बिहानदेखि जारी मतगणनामा डा.शेखर कोइराला प्यानलका गगनकुमार थापाले फराकिलो अग्रता कायमै राखेका छन्।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म २१२० मत गणना हुँदा सबैभन्दा बढी गगनकुमार थापाले १३८५ मत प्राप्त गरेका छन् । महामन्त्रीका अर्का प्रत्यासी विश्वप्रकाश शर्माले ८५१ मत ल्याएका छन् ।

त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवार क्रमशः डा प्रकाशशरण महतले ६९८, प्रदीप पौडेलले ६२१  डा मीनेन्द्र रिजालले ३६५ र डा राजाराम कार्कीले ५९ मत प्राप्त गरेका छन्।

१. गगनकुमार थापा १३८५

२. डा प्रकाशशरण महत ६९८

३. प्रदीप पौडेल ६२१

४. डा मिनेन्द्र रिजाल ३६५

५. डा राजाराम कार्की ५९

६. बिश्वप्रकाश शर्मा ८५१