कांग्रेस महामन्त्री : १४९५ मत गन्दा गगनलाई फराकिलो अग्रता


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहानदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता लिएका छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म १४९५ मत गणना हुँदा सबैभन्दा बढी गगनकुमार थापाले ९५५ मत प्राप्त गरेका छन् । महामन्त्रीका अर्का प्रत्यासी विश्वप्रकाश शर्माले ६६० मत ल्याएका छन् ।

त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवार क्रमशः डा प्रकाशशरण महतले ४९१, प्रदीप पौडेलले ४४९ डा मीनेन्द्र रिजालले २७५ र डा राजाराम कार्कीले ४० मत प्राप्त गरेका छन्।

 

महामन्त्रीमा १४९५ गन्दा,

१. गगन थापा – ९५५

२. विश्वप्रकाश शर्मा -६६०

३. डा प्रकाशशरण महत – ४९१

४. प्रदिप पौडेल – ४४९

५. डा मिनेन्द्र रिजाल – २७५

६. डा राजाराम कार्की -४०