अपडेट: गगन थापाले बढाउँदै लगे अग्रता


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहानदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता लिएका छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म १०७५ मत गणना हुँदा सबैभन्दा बढी गगनकुमार थापाले ६७३ मत प्राप्त गरेका छन् । महामन्त्रीका अर्का प्रत्यासी विश्वप्रकाश शर्माले ४३४ मत ल्याएका छन् ।

त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवार क्रमशः डा प्रकाशशरण महतले ३५३, प्रदीप पौडेलले ३४२ डा मीनेन्द्र रिजालले १९४ र डा राजाराम कार्कीले ३८मत प्राप्त गर्नुभएको छ ।

गगन कुमार थापा ६७३
प्रकाश शरण महत ३५३
प्रदिप पौडेल ३४२
मिनेन्द्र रिजाल १९४
राजाराम कार्की ३८
विश्व प्रकाश शर्मा ४३४