अपडेट : ७०० मतगणना सकियो, गगनको अग्रता कायमै



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । अहिले सम्मको गणनामा गगन थापाको अग्रता छ । ७०० मत गणना हुँदा उनले ४१७ मत पाएका छन् । उनलाई विश्वप्रकाश शर्माले २७४ मत ल्याएर पछ्याई रहेका छन् ।

महामन्त्री पदमा अन्य उम्मेदवारहरु डा प्रकाशशरण महतले २३० मत, प्रदिप पौडेलले २३६ मत, डा मीनेन्द्र रिजालले १२० मत ल्याएका छन् ।

सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइसकेका छन् ।

यसैगरी दुई उपसभापति पदको बुधबार मतगणना सम्पन्न भई पूर्णबहादुर खड्का र धनराज गुरुङ पनि निर्वाचित भइसकेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाती १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।

महामन्त्री पदको मतगणनामा कसको मत कति ?
जम्मा मत गणना – ७००
गगन थापा – ४१८
प्रकाश शरण महत – २३०
प्रदीप पौडेल – २३६
मिनेन्द्र रिजाल – १२०
विश्वप्रकाश शर्मा – २७४

प्रतिक्रिया दिनुहोस्