अपडेट : गगन थापाको अग्रता कायमै, विश्वप्रकाश पछ्याउँदै


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत अहिले महामन्त्री पदको गणना जारी छ ।

महामन्त्री पदको गणना चलिरहँदा गगन थापाले अग्रता फराकिलो पार्दै लगेका छन् । कांग्रेसको केन्द्रीय कार्यालय (सानेपा) मा जारी मत गणनामा अहिलेसम्म ६०० मत गनिसकिएको छ। यस क्रममा गगन थापाले अग्रता लिइरहेका छन्।

गगन थापा – ३८१
प्रकाशशरण महत – २०१
प्रदिप पौडेल – २०६
मिनेन्द्र रिजाल – १०१
विश्व प्रकाश शर्मा – २३१