प्रधानमन्त्रीको हत्या धम्कीपछि शंकास्पदहरू पक्राउ


वर्लिन, (एजेन्सी) ।

जर्मनीको पूर्वी राज्य साक्सोनीको प्रहरीले प्रधानमन्त्री माइकल क्रेत्सचमरविरुद्ध बुधबार आएको मृत्यु धम्कीलाई लिएर विभिन्न स्थानमा छापा मार्दै शंकास्पद व्यक्तिहरूलाई गिरप्mतार गरेको छ । कोरोना भाइरसको विरुद्ध बनाइएको नीति नियमहरूलाई लिएर प्रधानमन्त्रीलाई मृत्यु धम्की आएको बताइएको छ ।

कोरोनाको खोप विरोधी अति दक्षिणपन्थी कार्यकर्ताहरूले हिंसाको षड्यन्त्र रचेको हुुनुपर्ने आशंका गरिएको छ । साक्सोनी जर्मनीकै सबैभन्दा कम खोप लगाउने क्षेत्रमा पर्दछ ।गत वर्ष क्रेत्सचमरले कोभिड ‘हिस्टेरिया’ को चेतावनी दिएका थिए । पछि तयसबारे क्षमायाचना गर्दै उनले कोरोना रोकथाम तथा नियनत्रणका लागि कडा नियमहरू कार्यान्वयन गराएका थिए ।

ज्र्मनीका नयाँ चान्सलर ओलाफ स्कोल्जले बुधवार विधायकहरूलाई यस अस्वाभाविक सानो अल्पमत उग्रवादी समुहलाई समाजमा तिनीहरूको इच्छा लाद्ने अनुमति नदिइने जानकारी गराएका थिए ।प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिइएको कुरा गत साता एउटा जर्मन टेलिभिजन वृत्तचित्रले सार्वजनिक गरेको थियो ।

साक्सोनीका प्रहरीले सुरक्षा फौजलगायत उग्रवादीहरूविरुद्धको स्पेसल सोको रेक्स नामक इकाइले थुप्रै स्थानमा छापा मार्दै आशंकित व्यक्तिहरूलाई पक्राउ गरेको जनाएको छ । प्रधानमन्त्रीविरुद्धको यस सम्भावित आत्रमणको षड्यन्त्रबारे सबैभन्दा पहिले फ्रन्टल नामक कार्यक्रमले गरेको हो ।यस कार्यक्रमका पत्रकारहरू करिव एक सय जनाको उग्रवादी समूहसमक्ष टेलिग्राम मेसेजिङ एप मार्फत सम्पर्कमा पुगेका छन् ।